राजनीति


उच्च अदालतका न्यायाधीश लम्साल ओखलढुंगा सरुवा, यी हुन् न्याय परिषद्‌का २ निर्णय

उच्च अदालतका न्यायाधीश लम्साल ओखलढुंगा सरुवा, यी हुन् न्याय परिषद्‌का २ निर्णय

नेपालखबर
माघ ३०, २०८१ बुधबार १९:२८, काठमाडौँ

उच्च अदालत, वीरगन्जका न्यायाधीश भरत लम्साललाई ओखलढुंगा सरुवा गरिएको छ।

बुधबार बसेको न्याय परिषद्‌को बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास, वीरगन्जका न्यायाधीश लम्साललाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा सरुवा गरिएको हो। 

ओखलढुंगामा न्यायाधीशद्वय धीरबहादुर चन्द र बबिता उप्रेतीबीच एक मुद्दामा राय बाझिएपछि त्यहाँ निर्णयमा जटिलता उत्पन्न भएको थियो।

उच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझिएमा तेस्रो न्यायाधीशको इजलासमा पठाउनुपर्ने नियम छ। त्यहाँ तेस्रो न्यायाधीश नभएकाले लम्साललाई सरुवा गरी पठाइएको हो।   

त्यस्तै बुधबारको बैठकले न्यायपरिषद्‌को प्रतिवेदन२०८०/०८१ सामान्य परिमार्जनसहित स्वीकृत गरेको छ।

नयाँ सदस्य नियुक्त भएपछि न्याय परिषद्को पहिलो बैठक बुधबार बसेको हो। नयाँ सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएपछि बैठक बसेको हो।   

करिब दुई महिनाको रिक्ततापछि गत माघ २१ गते खड्का सदस्य नियुक्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad