नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली नागरिकलाई यथास्थानमै सुरक्षित रहन आग्रह गरेको छ। दूतवासले नेपाल सरकार तथा भारतका विभिन्न प्रदेश सरकारहरुले जारी गरेका निर्देशनको पालना गर्दै आफू तथा परिवारलाई सुरक्षित राख्न अपिल गरेको हो।
नेपाल सरकारले आइतबारदेखि भारतसँगका सबै सीमा नाकाबाट आवत जावत बन्द गर्ने निर्णय गरेको थियो।
‘कोभिड–१९ को संक्रमणलाई फैलिन नदिन केही समयका लागि भारतका विभिन्न प्रदेशहरुले विभिन्न क्षेत्र लकडाउन गरिसकेको, यातायात साधन बन्देज लगाएको तथा नेपाल सरकारले नेपाल–भारत सीमामा मानिसको आवातजावत बन्देज लगाएको सन्दर्भमा भारतमा रहेका नेपालीलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षित साथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन दूतावस अपिल गर्दछ’, नयाँ दिल्लीस्थित नेपाली दूतावसद्वारा जारी अपिलमा भनिएको छ।
दूतावासको अपिल:


प्रतिक्रिया