समाज


कोरोना संक्रमणः कैलालीमा निषेधाज्ञा जारी

कोरोना संक्रमणः कैलालीमा निषेधाज्ञा जारी

नेपालखबर
चैत १०, २०७६ सोमबार ८:५२,

कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। आज दिउँसो २ बजेदेखि सुरु भएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहनेछ।

कोभिड–१९ को सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले साेमबार सूचना प्रकासित गरी स्पष्ट पारेको छ। निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत सोही सूचनामार्फत दिइएको छ।

‘अत्यावश्यक सेवाहरु जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल वा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, हवाई मार्ग यात्री वा मालसामान ओसार पसार गर्ने यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी र वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युत् सेवा आदी जस्ता सेवाहरु बाहेक अन्य सबै सेवा स्थलहरु अर्को आदेश जारी नभएसम्म’ सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad