कोरोना भाइरसको संक्रमणविरूद्द नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा प्रधानमन्त्रीको सचिवालय सदस्यहरुले सहयोग रकम जम्मा गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालय सदस्य मध्ये ६ जनाले एक महिनाको र तीन जनाले आधा महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक मनिाको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्।
यस्तै, विकास पूर्वाधार विज्ञ इन्जिनियर गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने जनाइएको छ।

प्रतिक्रिया