१५७ जना जिल्ला न्यायाधीशको सरुवा भएको छ। आज (बिहीबार) बसेको न्याय परिषद्को बैठकले सरुवाको सिफारिस गरेको हो।
न्यायाधीश दयाराम ढकाल नुवाकोट जिल्ला अदालत, चुरामन खड्कालाई इलाम, हरिप्रसाद शर्मा उपाध्यायलाई बैतडी, मातृकाप्रसाद आचार्यलाई कमवानपुर, दीपककुमार दाहाल रामेछाप, श्रीप्रकाश उप्रेतीलाई ललितपुर सरुवा सिफारिस गरिएको छ।
त्यस्तै भक्तपुरमा कमलराज विष्ट, काठमाडौँमा अशोककुमार बस्नेत, कालीकोटमा भोलानाथ ढकाल, गोरखामा उमेप्रसाद लुइँटेललगायतका १५७ न्यायाधीशको सरुवा सिफारिस गरिएको हो।
549
Shares

प्रतिक्रिया