राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:२७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको हो। 

श्रीमती मञ्जु पाण्डेले माघ ११ गते दायर गरेको रिटमा पाण्डेको स्वास्थ्यमा समस्या रहेको र उचित उपचारको आवश्यक देखाउँदै रिहाइको माग गरिएको थियो। अदालतले उचित स्वास्थ्योपचारको व्यवस्था गर्न भने आदेश दिएको छ।

नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको भन्दै अदालतमा मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ।

उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीसहितका प्रतिवादीहरू उच्च अदालत गएका थिए। 

उच्च अदालतले पनि रिहा गर्न अस्वीकार गरेपछि सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि थुनामा राख्ने जिल्लाकै निर्णय सदर गरेपछि बन्दीको रिट निवेदन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad