राजनीति


‘अब एउटा देशको, अर्को ओली सरकारको भनेर कानुन बनाऔँ’

‘अब एउटा देशको, अर्को ओली सरकारको भनेर कानुन बनाऔँ’

नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन्।   

मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारी तबरबाट फरक-फरक व्यवहार गरेको भन्दै उनले फरक कानुन आवश्यक भएको टिप्पणी गरेका हुन्।  

‘म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनाउनुस् अब। एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। अर्को नेपालको कानुन बनाऔँ,' उनले भने, 'जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ। बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन?’ 

केही समयअघि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुवँरले संसदीय समितिमा गएर दिएको अभिव्यक्तिलाई लिएर जिब्रो थुत्ने अभिव्यक्ति दिएका थिए। शाहीले यसैतर्फ लक्षित गर्दै आज टिप्पणी गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad