खेल


आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:३३, काठमाडौँ

पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिक्किमको थन्डरबोल्टस् नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले अन्तिम चारमा स्थान बनाएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो।

ब्ल्याक बुल्सले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा पाँच पटकको च्याम्पियन थ्रीस्टारको सामना गर्नेछ। दोस्रो सेमिफाइनल खेल फागुन १ गते बिहीबार खेल्नेछ।

थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिलो सेमिफाइनलमा भोलि बुधबार ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तालिका छ।

पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। पुलिस क्लबले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो। 

चर्च ब्वाइज युनाइटेडले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। चर्च ब्वाइजले प्रि–क्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।

प्रतियोगिताको २४ औँ संस्करणको सेमिफाइनल समीकरण पूरा हुँदा ४ वटा च्याम्पियन बाहिरिसकेका छन्। पूर्व विजेता थ्रीस्टार र नेपाल पुलिस क्लब मात्र यो संस्करणको उपाधि होडमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad