नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किताब उपहार दिएका छन्।
पोखरेल प्रचण्डलाई किताब दिन उनको निवास वा कार्यालय पुगेका थिएनन्। कुनै औपचारिक कार्यक्रम वा जमघटमा पनि उनीहरूको भेट भएको होइन।
सोमबार दुवै नेता जनकपुर गए, एकै विमानमा। फर्किँदा पनि सँगै भए। त्यस क्रममा पोखरलले जनकपुर विमानस्थलमा प्रचण्डलाई भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘आमा, सपना र ताराहरू’ उपहार दिए।

फर्कने बेला पनि सँगै भएपछि प्रचण्डले पोखरेलसँग भने, ‘जाँदा पनि एउटै, फर्कँदा पनि एउटै विमान! होइन यो के संकेत हो?’
जवाफमा पोखरेल शब्दमा केही बोलेनन्। हाँसे मात्र।
पोखरेल पनि जनकपुरमा उनकै दलको कार्यक्रममा पुगेर फर्किएका थिए।
6.0k
Shares

प्रतिक्रिया