आज (सोमबार) राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली (आकाशमा पातलो बादल) रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यो प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
यस्तै आज राति कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस प्रदेशको पहाडी क्षेत्रमा भने आंंशिक बदली मात्र रहने सम्भावना छ।
यस्तै राति सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस प्रदेशमा पहाडी क्षेत्रमा आंंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने आज राति हिउँ पर्ने सम्भावना छैन।
महाशाखाका अनुसार राति मधेस प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा (लगभग आकाश सफा) रहने सम्भावना छ।
यस्तै राति बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेशका पनि हिमाली र पहाडी क्षेत्रमा राति मौसम आंंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
यसैगरी राति लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया