स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कांग्रेसको महाधिवेशन ०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने दाबी गरे।
मन्त्री पौडेलले कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन सम्पन्न हुनु नै सबैभन्दा राम्रो रहेको बताए। ०८४ मा अधिवेशन पुर्याउने अधिकार कसैलाई नरहेको उनको भनाइ थियो।
कांग्रेस अहिलेका नेताहरू मात्रै सत्तामा बस्नको लागि नबनेको बताए। कांग्रेस पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्ने मन्त्री पौडेलले बताए।
उनले भने, ‘०८४ अधिवेशन पुर्याउने अधिकार कसैलाई छैन। यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन। पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्छ। ०८३ सालभित्रै अधिवेशन हुन्छ।’
मन्त्री पौडेलले नेपाली कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय भएको बताए।

प्रतिक्रिया