राजनीति


आज पनि संसद्‌का दुवै सदनका बैठक बस्दै

आज पनि संसद्‌का दुवै सदनका बैठक बस्दै

नेपालखबर
माघ २८, २०८१ सोमबार ९:१३, काठमाडौँ

आज (सोमबार) पनि संसद्‌का दुवै सदनका बैठक बस्दै छन्। 

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।

उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ। 

यस्तै आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

सो बैठकमा मिडिया काउन्सिल विधेयक २०८० मा छलफल गरी पारित गर्ने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad