नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी तोकेको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कूल विभाग प्रमुखको जिम्मेवारी पाउँदा उपमहासचिव गिरीराजमणि पोखरेललाई उपप्रमुख बनाइएको छ।
आइतबार महासचिव देवप्रकाश गुरूङले तल्लो तहमा पठाएको परिपत्र अनुसार अन्तर्राष्ट्रिय विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बनेका छन्। उपप्रमुखमा उपाध्यक्ष पम्फा भुसाल र पार्टी सचिव राम कार्कीलाई जिम्मेवारी दिइएको छ।
यस्तै अर्का उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्यव्यवस्था मामिला संयोजक बनाइएको छ।
3.2k
Shares

प्रतिक्रिया