राजनीति


अवकासको ४० दिनअघि एआईजी रवीन्द्र केसीले दिए राजीनामा

अवकासको ४० दिनअघि एआईजी रवीन्द्र केसीले दिए राजीनामा

एआईजी रविन्द्र केसी


उजिर कार्की
माघ २७, २०८१ आइतबार १८:३१, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। 

गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए। 

आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची केसीले सेवाअवधि सकिन ४० दिन पहिले नै राजीनामा दिएका हुन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ।

केसीको राजीनामा स्वीकृत भएसँगै डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने भएका छन्। भट्टराई कर्णाली प्रदेशको प्रहरी प्रमुख छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad