सुर्खेतको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदिमा खसेर बेपत्ता भएका अर्का एक जनाको पनि भेटिएको छ। आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दिउँसो पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ बर्षीय अर्जुन मगरको शव डुबेको स्थलभन्दा करिब दुई सय मिटर तल फेला परेको हो।
यसअघि माघ २४ गते सोही ठाउँका २४ बर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो। उनीहरू निमार्णाधीन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेर बेपत्ता भएका थिए।
उनीहरूलाई सशस्त्रको गोताखोरसहितको टोलीले खोजी गरेको थियो।
162
Shares

प्रतिक्रिया