कारोबार


आईएमई लाइफलाई ३ विधामा इमर्जिङ एसिया अवार्ड

आईएमई लाइफलाई ३ विधामा इमर्जिङ एसिया अवार्ड

नेपालखबर
माघ २७, २०८१ आइतबार १७:१५, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको इमर्जिङ एसिया अवार्डमा तीन विधामा अवार्ड जित्न सफल भएको छ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्डमा जितेको हो।

यस अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेका थिए। यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको कम्पनीले उल्लेख गरेको छ।

नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको आईएमई  लाइफले उल्लेख गरेको छ। 

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए। उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूबारे धारणा राखेका थिए।

कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डी.जी.) आईसीसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पीडब्लुसीले विशेष सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad