राजनीति


एक हजार टनसम्मको पानी जहाज देवघाटसम्म ल्याउन सकिने देखियो : मन्त्री दाहाल

एक हजार टनसम्मको पानी जहाज देवघाटसम्म ल्याउन सकिने देखियो : मन्त्री दाहाल

नेपालखबर
माघ २७, २०८१ आइतबार १६:३४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज-नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन्।  

आइतबारको राष्ट्रियसभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु-याउन प्राविधिकको रुपमा सम्भावना देखिएको उनको दाबी छ।  

‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्‍याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ,' उनले भने, 'सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोसेढुंगा सावित हुनेछ। यही प्रकृतिका पानी जहाजहरू कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ। यससम्बन्धी नेपाल-भारतबीच सहमतिसमेत भएको छ।'

उनले नेपालभित्रका आन्तरिक जलमार्गको अध्ययन भएको बताए। 'एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग विस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र मालसामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रुपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ’उनले भने।  

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी छलफल सुरु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad