समाज


नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतको अवैध आम्दानी ८ करोड ६९ लाख

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतको अवैध आम्दानी ८ करोड ६९ लाख

नेपालखबर
माघ २७, २०८१ आइतबार १६:४८, काठमाडौँ

काठमाडौँको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।।

अख्तियारका अनुसार नगरप्रमुख बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ र २५ पैसा आय आर्जन गरेकोमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिँदा निजको जाँच अवधिको कूल/समग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक देखिएको अख्तियारले उल्लेख गरेको छ।

बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको अनुसन्धानले देखाएको छ।

निज बस्नेत उपर सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन माग दाबी गरिएको छ।

साथै, लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन तथा जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad