राजनीति


'मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ'

'मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ'

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार २२:५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेसवादी दललाई सहमतिमा ल्याउन थालिएको बताएका छन्। 

एमाले बागमती प्रदेश कमिटीले आज भक्तपुरको गोठाटारस्थित मदन आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताएका हुन्।

'मधेसवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ। तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ। त्यसका लागि प्रयास भइरहेको छ,' महासचिव पोखरेलले भने।  

राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्‍याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको उनको भनाइ थियो। 

महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे। उनले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग अलग भएर चुनावमा जाने बताए। 

'हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन। नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ। त्यो काम गर्छौँ' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad