राजनीति


एमालेले भन्यो : प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो

एमालेले भन्यो : प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १७:१५, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन्।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताएका हुन्।  

‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो,' उनले भने, 'यो विषय प्रधानमन्त्रीज्युको जानकारीमा समयमै पुगेको समेत अवस्था हो। हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो। तर उहाँलाई सहजता भएन। स्वास्थ्यमा समस्या भएको कारणले हिजो उहाँको कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन। त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो।'

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्ष दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ। तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा उपस्थित थिएनन्। सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ। माओवादीबाहेकले पनि ओलीको आलोचना गरिरहेका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad