राजनीति


राष्ट्रिय सभामा दुई विधेयक पेस

राष्ट्रिय सभामा दुई विधेयक पेस

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:५७, काठमाडौँ

राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’  र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस गरिएको छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पेश गरेकी हुन्। 

त्यस्तै, पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेस गरे।

विधेयक पेस गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पुर्‍याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना  र संचालन गर्न आवश्यक रहेको उल्लेख गरिन्। 

उनले प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापना सहितका व्यवस्था प्रश्तुत विधेयकमा प्रश्तावना गरिएको समेत बताइन्।

विधेयक पेस गर्दै उनले भनिन्, ‘वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पुर्‍याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परिक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना  र संचालन गर्न आवश्यक भएकोले सम्माननीय अध्यक्षज्यूको अनुमतिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ सम्मानित सभासमक्ष पेस गर्दछु धन्यावाद।’

पानी जहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कयौं नेपाली नागरिक पानी जहाज कम्पनीहरुमा काम गर्दै आएको उल्लेख गर्दै ति कामदारहरुको तल र स्वास्थ्य परीक्षण समेट्न विधेयक ल्याइएको बताए।

नेपालभित्रकै विभिन्न नदी तथा तालहरूमा विभिन्न क्षमताका जलयानहरू संचालनमा आइरहेको उल्लेख गर्दै ती जलयानहरूको व्यवस्थापन र नियमन गर्ने प्रस्ताव विधेयकमा राखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad