राजनीति


प्रचण्डले भने : शेरादरबारमा मेरो नाम जोडिन्छ भने, छानबिन सुरु होस्

प्रचण्डले भने : शेरादरबारमा मेरो नाम जोडिन्छ भने, छानबिन सुरु होस्

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:२७, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरादरबारमा आफ्नो संलग्नता छ भने तत्काल छानबिन गर्न माग गरेका छन्।

बिहीबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नुवाकोटको शेरादरबारमा प्रधानमन्त्री र गृहमन्त्रीले चासो दिएको कुरा आफूलाई जानकारी भएको पनि बताए।

'अहिले नुवाकोटको शेरादरबार चर्चामा ल्याइएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ,' उनले भने, 'सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डल? म आज वाइडबडीको कुरा गर्दिनँ। गिरिबन्धु, यती र ओम्नीको पनि चर्चा गर्दिनँ। तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्छु, शेरादरबारमा मेरो नाम जोडिन्छ भने छानबिन मबाट सुरु गरौँ।'

उनले अहिलेको गठबन्धन सरकार बन्दा संविधान संशोधनको गानाबाजासहित सुरु भएको थियो तर अहिलेसम्म केही हुन नसकेको टिप्पणी गरे।

'यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो। के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो। अहिले लोडसेडिङ भयो कि के भयो, त्यो फिल्म धेरै चलेको देख्दिनँ,' उनले भने, 'प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ। आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरूलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार अलि लज्जापूर्ण हुन्छ भनेर तपाईंहरूले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइदिनु भएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ।'

 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad