समाज


रविको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

रविको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:२८, काठमाडौँ

सहारा चितवन सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएको छ।

रविका तर्फबाट बिहीबार पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले बहस गरेका छन्।

उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गरेका हुन्।

बहस सकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले आजै आदेश सुनाउने तयारी गरेको छ।

सहारा सहकारी ठगीमा मंगलबार रविसहित ३२ जनाविरुद्ध चितवन अदालतमा अभियोग पत्र दायर भएको हो।

आफूविरुद्ध मुद्दा दर्ता भएपछि लामिछाने भोलिपल्टै बुधबार अदालत हाजिर भएका थिए। पहिलो दिन उनको बयान सकेर थुनछेक बहस सुरु गरिएको थियो।

तर बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।

बिहीबार पुन: अदालतमा उपस्थित गराएपछि सुरुमा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूको बहसपछि सुशील पन्तले एक घण्टाभन्दा बढी बहस गरे। उनले  यसअघि रविविरुद्ध मुद्दा दर्ता भएका तीनवटा जिल्ला अदालतमा पनि बहस गरेका थिए। अरू दुई जनाले पनि उनका पक्षबाट बहस गरे।

बिहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले अभियोजनका पक्षबाट बहस गरेका थिए।

चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ। 

उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरू १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad