राजनीति


उपेन्द्र यादव बालुवाटारमा, १ घण्टादेखि प्रधानमन्त्रीसँग छलफल

उपेन्द्र यादव बालुवाटारमा, १ घण्टादेखि प्रधानमन्त्रीसँग छलफल

नेपालखबर
माघ २४, २०८१ बिहिबार १०:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता चलिरहेको छ। 

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपालाई सत्तारुढ दलका नेताहरुले फकाइरहेका छन्। 

हिजो साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका यादव आज एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका हुन्। 

हिजो देउवा र यादवबीच आधा घण्टा जति कुराकानी भएको थियो। तर, देउवा र यादवबीच के समझदारी भयो, खुलिसकेको छैन। यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै भेटका लागि बालुवाटार बोलाएका थिए।  

बिहान १० बजेदेखि नै ओली र यादवबीच वार्ता छलिरहेको स्रोतले जनाएको छ। 

सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा जसपाले अझै निर्णय गरिसकेको छैन। त्यसका लागि बिहान साढे ११ बजे जसपाको पनि संसदीय दलको बैठक बस्दै छ।  

अध्यादेशबारे अध्ययन गर्न जसपाले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले गएको मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ। त्यो प्रतिवेदन आजको संसदीय दलको बैठकमा पेस गरिने जसपा, नेपालको राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए।

अध्यक्ष यादवले नेपालखबरसँगको कुराकानीमा अहिलेसम्म आफूहरुले अध्यादेशका विषयमा कुनै धारणा नबनाएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad