कला


‘सनम तेरी कसम’ की अभिनेत्री मावराले गरिन् बिहे

‘सनम तेरी कसम’ की अभिनेत्री मावराले गरिन् बिहे

नेपालखबर
माघ २४, २०८१ बिहिबार ११:२२, काठमाडौँ

चर्चित बलिउड फिल्म ‘सनम तेरी कसम’ की अभिनेत्री मावरा हुसैनले बिहे गरेकी छिन्। पाकिस्तानी अभिनेत्री मावराले प्रेमी आमिर गिलानीसँग विवाह गरेकी हुन्। 

उनले सामाजिक सञ्जालमा आफ्नो बिहेका तस्विरहरु सेयर गरेकी छिन्। मावराको विवाहको तस्बिरहरू धेरै सुन्दर देखिएकी छिन्। 

साथै प्रेमिल क्याप्सन लेखेकी छिन्, ‘अराजकताको बीचमा, मैले तिमीलाई भेट्टाएँ। बिस्मिल्लाह।’ 

२०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ बाट मावरा चर्चामा आएकी थिइन्। अचानक विवाहले खबरले फ्यानहरूलाई अचम्मित बनाएको छ। यद्धपी, विवाहको तस्बिर सेयर गरेदेखि फ्यानहरूसहित फिल्म क्षेत्रका व्यक्तिहरुले शुभकामना दिइरहेका छन्। 

मावरा र आमिरले लामो समयसम्म डेट गरेपछि वैवाहिक बन्धनमा बाँधिएका हुन्। उनीहरूले एकसाथ काम पनि गरिसकेका छन्। सन् २०२० मा दुबै सिरियल ‘सबात’ मा सँगै देखिएका थिए। त्यसपछि २०२३ पाकीस्तानी ड्रामा ‘नीम’ पनि यो जोडीलाई मन पराइएको थियो। 

धेरै पटक दुवैको अफेयरको हल्ला समेत चलेको थियो, तर दुवैले आफ्नो सम्बन्धलाई मित्रता भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad