राजनीति


नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

नेपालखबर
माघ २१, २०८१ सोमबार १५:४७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

उनले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताए।

नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे। अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख उनले उल्लेख गरे।

अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले भने, ‘हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ। अलिकति समय हामी पछाडि पर्‍यौँ। अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन। सबै टेक्नोलोजी एभाइलेभल छ आज। स्पेश टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरु टेक्नोलोजी होस् की सबै एभाइलेभल छ। आज ९/१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन्। ११/१२ मा पढ्ने विद्यार्थीले स्पेश साइन्समा सानासाना रकेटहरु छोड्छन्। अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौँ भन्छन्। हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन। हामीले आत्मविश्वास राख्नुपर्दछ। अब हामी पछाडि पर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए। उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए। विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad