नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीबाट हालै बाहिरिएका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिन सिफारिस भएको छ।
माओवादीका उपमहासचिव शक्ति बस्नेत, विद्यार्थीका फ्याक्सन इन्चार्ज हिमाल शार्मा, क्रान्तिकारीकी निर्वतमान अध्यक्ष पञ्चा सिंह रहेको कार्यदलले सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी बाँडफाँटबारेको प्रतिवेदन हस्तान्तरण गरेको हो।
कार्यदल सदस्य शर्माले महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक र अन्यलाई प्रदेश तहको जिम्मेवारी दिनुपर्ने सिफारिस आफूहरुले गरेको जानकारी दिए।
‘महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य र अन्यलाई प्रदेशका तहको जिम्मेवारी दिनुउपयुक्त हुन्छ भन्ने सिफारिस हामीले गरेका छौँ,’ उनले नेपालखबरसँग भने, ‘ तर, कार्यविभाजन गर्दा चाहिँ उहाँहरुको रुची र पार्टीको आवश्यता अनुसार गर्ने भनेका छौँ।’
अनेरास्ववियूमा ३२ वर्षको उमेर हद लागू भएका कारण महासचिवसम्मका अधिकांश पदाधिकारी एकैपटक संगठनबाट बाहिरिन पुगेका थिए। उनीहरूलाई उचित जिम्मेवारी दिनुपर्ने भन्दै माओवादीले केन्द्रीय समिति बैठकबाट त्यसबारे सिफारिस गर्न कार्यदल बनाएको थियो।
Shares

प्रतिक्रिया