राजनीति


मोर्चाबन्दी गर्नेबारे सिंहदरबारमा मधेस केन्द्रित ८ दलको बैठक

मोर्चाबन्दी गर्नेबारे सिंहदरबारमा मधेस केन्द्रित ८ दलको बैठक

नेपालखबर
माघ १७, २०८१ बिहिबार १४:५७, काठमाडौँ

मोर्चाबन्दीको तयारीमा रहेका मधेस केन्द्रित ८ राजनीतिक दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक सुरु भएको हो।

बैठकमा जसमा जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरु उपस्थित छन्। 

जसपा नेपालका नेता मनिष सुमनका अनुसार ८ पार्टीको मोर्चा बनाउनेबारे आजको बैठकमा पनि छलफल हुनेछ।

सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरु पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा छन्। 

बैठकमा जसपाबाट रेणु यादव, जनमतका शरदसिंह यादव, जसपा नेपालका राजकिशोर यादव, रामकुमार शर्मा र मनीष सुमन, नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरी र गंगा चौधरी, लोसपाका सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण,  राष्ट्रिय मुक्ति पार्टी नेपालका राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव र सब्बिर हुसैन, तमलोपाका वृशेषलाल र विजय सिंह सहभागी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad