राजनीति


अनेरास्ववियू क्रान्तिकारीको ५२२ मत माओवादी हेडक्वाटरमा गनिने

अनेरास्ववियू क्रान्तिकारीको ५२२ मत माओवादी हेडक्वाटरमा गनिने

नेपालखबर
माघ १४, २०८१ सोमबार १४:६, काठमाडौँ

अनेरास्ववियू (क्रान्तिकारी)को गणना हुन बाँकी मत नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा गनिने भएको छ। 

अनेरास्ववियू (क्रान्तिकारी)का निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार बाँकी मत केन्द्रीय कार्यालयमा गणना गर्ने सहमति भएको हो। 

विश्वविद्यालय र विशेष प्रदेश समितिमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि रोकिएको मतगणना सुचारु नभई स्थगित गरिएको थियो।

दुवै प्रदेशमा गरेर ५२२ मत गणना हुन बाँकी छ। 

काठमाडौँको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए।

पार्टीको उच्च तहमा सहमति जुटाएर बाँकी मत गणाना गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad