खेल


बेलायतमा आयोजित ‘विन्टर टेनिस टुर्नामेन्ट २०२५’ को उपाधि विनोद खड्कालाई

बेलायतमा आयोजित ‘विन्टर टेनिस टुर्नामेन्ट २०२५’ को उपाधि विनोद खड्कालाई

विजेता विनोद खड्कालाई ट्रफी हस्तान्तरण गर्दै क्लबका अध्यक्ष हर्क गुरुङ


मगेन्द्र राई
माघ १४, २०८१ सोमबार १४:६, बेलायत

बेलायतमा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘विन्टर टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि विनोद खड्काले हात पारेका छन्।

गत आइतबार बेसिङ्स्टोक इन्डोर टेनिस सेन्टर वार मेमोरियल पार्कमा   सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फ फाइनल खेलमा खड्काले मिलन गर्बुजालाई ४-०, ४-० को एकतर्फी सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।

खड्काले पहिलो सेटको खेलमा कुनै ब्रेक पोइन्टको सामना नगरी सहज सेट हात पारे। दोस्रो सेटमा सोही लय पछ्याउँदै उनले एकतर्फी जित निकाले।

क्लबले आयोजना गरेको प्रतियोगितामा खड्काको यो पहिलो एकल उपाधि हो। उनी आफू बसोबास गरेको क्षेत्रको एक क्लबका नियमित खेलाडी हुन्।

युट्युब हेरेर टेनिस खेल्न सिकेको बताउने खड्का यसको निरन्तरताको श्रेय चाहिँ श्रीमतीलाई दिन्छन्।

यसैगरी, ओपन बीतर्फ भने विभेष राईले बाजी मारेका छन्। उनले सहदेव पन्तलाई पराजित गरेका हुन्।

भेटेरान्स ४५ वर्षमाथिको प्रतियोगितामा भीष्म गुरुङले धिरज पुनलाई पराजित गरे भने ५५ वर्षमाथिको प्रतियोगितामा नमराज गुरुङले ललित मल्ललाई पराजित गरे।

नोभाइसतर्फ युजिन गुरुङले विसोन गुरुङलाई पराजित गरे। महिला सिङ्गल्सतर्फ नविना गुरुङले रितु गुरुङई पराजित गरिन्।

वुमन्स सिङ्गल्सकी विजेता नविना गुरुङलाई ट्रफी हस्तान्तरण गर्दै क्लबका अध्यक्ष हर्क गुरुङ

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरेका थिए। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए।

प्रतियोगितामा दर्जनौँ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको थियो। क्लबमा २ सय भन्दा बढी सक्रिय सदस्य छन्।

क्लबले हरेक वर्ष विन्टर, स्प्रिङ, समर र अटम गरी प्रमुख चार प्रतियोगिता आयोजना गर्ने गरेको छ।

अहिलेको प्रतियोगिता वर्षको पहिलो हो। स्प्रिङ टुर्नामेन्ट केही महिनापछि अल्डरसटस्थित सैनिक ग्यारिजनमा हुने क्लबका महासचिव मेजर सरोज राईले नेपालखबरलाई बताए।

क्लबले आगामी मार्च १५ को साँझ अल्डरसटस्थित एम्पायर बैंक्वेट हलमा ‘अनुअल डिनर नाइट तथा फन्ड राइजिङ इभेन्ट’ गराउने समेत जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad