राजनीति


१२ घण्टा बितिसक्यो, क्रान्तिकारीको ५२२ मत गन्न निर्वाचन समितिलाई सकस

१२ घण्टा बितिसक्यो, क्रान्तिकारीको ५२२ मत गन्न निर्वाचन समितिलाई सकस

नेपालखबर
माघ १३, २०८१ आइतबार १८:५३, काठमाडौँ

विश्वविद्यालय र विशेष प्रदेश समितिमा खसेको मतपत्रको विषयमा विवाद भएपछि रोकिएको अखिल क्रान्तिकारीको मतगणना सुचारु हुन अझै समय लाग्ने भएको छ। 

दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ। काठमाडौँको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रयोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि रोकिएको मतगणना १२ घण्टा हुँदा समेत सुरु भएको छैन। आइतबार विहान ११ बजे मतगणना गर्ने भनिएको थियो। 

निर्वाचन आयोगका सदस्य कृष्ण ढुंगानाका अनुसार विवाद समाधानका लागि निर्वाचन समितिले अहिले विद्यार्थी प्रतिनिधिसँग छलफल गरिरहेको छ। निर्वाचन समितिका संयोजक मुक्तिनारायण प्रधान आफै छलफलमा जुटेका छन्। उनले अध्यक्षका उम्मेदवारका प्रतिनिधिसँग पालैपालो छलफल गरेका छन्।

‘अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ। अब एक डेढ घण्टामा एउटा निर्णय आउँछ,’ ढुंगानाले भने। 

क्रान्तिकारीको अध्यक्षमा ५ जना उम्मेदवार छन्। हेमन्त राई पक्षका प्रतिनिधि बाबुराम नेपालीले रातो मसीबाहेकको मतपत्र नमान्ने बताएका छन्। निर्वाचन समितिले पेलेर निर्णय गरे आफूहरुलाई मान्य नहुने उनले बताएका छन्।

यस्तै, अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटा पक्षका प्रतिनिधिले जे गर्ने हो, निर्वाचन समितिले निर्णय लिनुपर्ने भन्दै तत्काल मतगणना सुरु गर्न आग्रह गरेका छन्।

अध्यक्षका अर्का उम्मेदवार उपदेश यादवले दुईवटा प्रदेशको मतदानमा लापावाही भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad