समाज


हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

नेपालखबर
माघ १३, २०८१ आइतबार १८:५७, डोटी

डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन्। उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

विस्नादेवीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको प्रजिअ जोशीले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad