नेपाल प्रहरीको उपरीक्षक (एसपी) मा ३७ जना बढुवाको तयारी भएको छ। बढुवाका लागि तीन चरणमा प्रहरी निरीक्षकमा भर्ना भएर दुई चरणमा डीएसपी भएका टोली प्रतिस्पर्धामा छन्।
२०६१ जेठमा प्रहरी निरीक्षकमा भर्ना भएका १४ जना, सोही टोलीको वैकल्पिक २०६१ असार ३ गते भर्ना भएका १० जना र २०६२ भदौ २३ गते भर्ना भएका १० जना मुख्य दाबेदार छन्। उनीहरू एकसाथ २०७२ चैत १६ गते डीएसपीमा बढुवा भएका थिए। त्यतिबेला डीएसपी भएका ४६ जनामध्ये हाल ३४ जना कार्यरत छन्।
उनीहरूमध्ये ३० जनालाई एसपीमा बढुवा गर्ने तयारी छ। यस टोलीबाट चारजना छुट्ने सम्भावना रहेको प्रहरी उच्च स्रोतको दाबी छ।
यस्तै २०६२ चैत १६ गते भर्ना भएर २०७४ साउन १९ गते डीएसपीमा बढुवा भएकामध्ये ७ जनालाई बढुवा गर्ने तयारी छ। यस टोलीका ३५ जना प्रतिस्पर्धामा छन्।
२०६१ जेठ १५ मा भर्ना भएका १४ जना सबैभन्दा सिनियर हुन्। उनीहरू २०७२ चैत १६ गते डीएसपी भएका थिए।
यस टोलीका नवीनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, तिलक भारती, दीपक श्रेष्ठ, ठाकुर पोखरेल, सुमित खड्का, अनिलकुमार खड्का, सूर्यबहादुर खड्का, प्रेमबहादुर शाही, महेन्द्र नेपाल, वीरेन्द्र थापा, ज्ञानेन्द्रबहादुर बस्नेत र किशोर श्रेष्ठ एसपी बन्ने लाइनमा छन्।
यस्तै उनीहरूकै वैकल्पिक टोलीका टेकबहादुर कार्की, फडिन्द्र प्रसाईँ, केशवकुमार थेबे, मनोहरप्रसाद भट्ट, कुलदीप चन्द, युवराज खड्का, दीपेन्द्र पञ्जियार थारु, शरद थापा, महेश थापा र राजन चापागाईँ पनि एसपी बन्ने बलियो सम्भावना छ।
२०६२ भदौ २३ गते भर्ना भएर अघिल्लो टोलीसँगै डीएसपीमा बढुवा भएका दानबहादुर थापा, रवीन्द्रनाथ पौडेल, पवनकुमार भट्टराई, निशान थापा, कवित कटवाल, रुकेश तण्डुकार, दधिराम न्यौपाने, सुदीप पाठक, रामेश्वर पौडेल र श्यामकुमार सारू मगरमध्येबाट एसपी बन्नेछन्।
तर यी ३४ जनामध्ये ४ जनालाई छुटाउने सम्भावना रहेको छ। यसबाहेक २०६२ भदौ २३ गते भर्ना भएर २०७४ साउन १९ गते डीएसपीमा बढुवा भएका टोलीबाट नवीन कार्की, रुगम कुँवर, मुकुन्द रिजाल, भेषराज रिजाल, नवराज मल्ल, दिलबहादुर मल्ल, नरेन्द्र कुँवर र निर्मलकुमार बुढाथोकीलगायत पनि प्रतिस्पर्धामा छन्। यस टोलीका ३५ जना रहकोमा तीमध्ये ७ जनालाई एसपीमा बढुवा गर्ने तयारी छ।
२५ जना एसपी एसएसपीमा बढुवा भएका र अरू १२ रिक्त भएका गरी ३७ जना एसपीको दरबन्दी रिक्त छ। एसएसपीमा बढुवा भएका अधिकारीहरूले दर्ज्यानी चिन्ह लगाइसकेकाले एसपी बढुवाको तयारी गरिएको हो। तर एसएसपीहरूको पदस्थापन भने हुन सकेको छैन।
बढुवा समितिको बैठकमा छलफल चलिरहेकै छ। यसअघि पटकपटक छलफल गरेर बढुवाको प्रारम्भिक सूची तयार गरिएको छ। समिति अब अन्तिम सूची प्रकाशनको तयारीमा छ।
Shares

प्रतिक्रिया