समाज


विशेष बुलेटिनः मधेस र कोसीमा मन्द शीतलहर, १३ गतेसम्म सतर्क रहनू

विशेष बुलेटिनः मधेस र कोसीमा मन्द शीतलहर, १३ गतेसम्म सतर्क रहनू

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८१ शुक्रबार १९:४०, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु/कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएकाले ती स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

विभागले शुक्रबार शीतलहरसम्बन्धी विशेष बुलेटिन-१ जारी गरी माघ ९ गतेदेखि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु/कुहिरो लागिरहेको जानकारी दिएको हो। 

यस क्रममा विभागले मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोसी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको घोषणा पनि गरेको छ। 

भिडिओ पनि सुन्न सक्नुहुन्छ-

विभागका अनुसार मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा माघ १३ सम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको छ। मधेस प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशका तराईका भूभागमा भने बिहानीपख हुस्सु/कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना छ।

विभागले सतर्क गराउँदै भनेको छ: शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

हेर्नुहोस् विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad