राजनीति


धर्मेन्द्र बास्तोला नेकपा बहुमतको महासचिव चयन

धर्मेन्द्र बास्तोला नेकपा बहुमतको महासचिव चयन

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८१ शुक्रबार ५:३१, काठमाडौँ

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन भएका छन्। 

बिहीबार काठमाडौँमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले बास्तोलाको नेतृत्वमा संगठनको ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। 

नेकपा बहुमतको महाधिवेशन यही माघ ४ गतेदेखि काठमाडौँमा सुरु भएर हिजो सकिएको हो। 

नव निर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीका हनुसार महाधिवेशन प्रतिनिधिले बास्तोलालाई सर्वसम्मत महासचिव निर्वाचित गरेको हो। 

केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शरद रसाइली ,दीपेन्द्र चलाउने, अनन्त केसी, मिलन राई, तिलक पुन, सागर लिम्बु ,नरेन्द्र विश्वकर्मा, गोकुल पराजुली,लोकेन्द्र विश्वकर्मा ‘सुजन आयाम’,वीरेन्द्र शाह, झलक विश्वकर्मा, हरिष भट्ट, सङ्गम आरसी, डिडि पाण्डे, रुपा बुढामगर, कुमाल सिलवाल ‘दिल’, अमृत केसी, गौरी मण्डल, हरि चन्द, रेखा खनाल, अञ्जना तामाङ (मकवानपुर), रोजन रखाल (भक्तपुर), प्रेमबहादुर चलाउने ‘अनन्त’, कृष्ण शाह ‘परिवर्तन’, शक्ति परियार (बर्दिया) चयन भएका छन्।

त्यस्तै निर्मल राई, बाबुराम गजमेर ‘आजाद’, उषाकिरण आजाद, रामबहादुर तिरुवा, कमल बुढा, डिबि बुढाथोकी, गणेश रैकाल, तेपन्द्र टिमिल्सैना, अर्जुन दयाल (कञ्चनपुर), प्रेमप्रकाश ओली, ‘धमिल’, यमराज खडका, दर्शन नेपाली, विक्रम पौडेल, अमर खडका, कुमार राईसहित ९९ जना केन्द्रीय सदस्यमा चयन भएका छन्।

महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्ताबेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पास भएको  छ। 

गएको साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad