प्रधानमन्त्री केपी शर्मा ओली अझै स्वास्थ्य लाभ गरिरहेका छन्।
चिसोले स्वास्थ्यमा ल्याएको समस्याका कारण बुधबार अत्यावश्यकबाहेकका भेटघाट र कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओलीले आज पनि त्यसैलाई निरन्तरता दिने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बिहीबार दिउँसो नेपालखबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली आज पनि अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने छैनन्।
‘प्रधानमन्त्रीज्यू अझै आराममै हुनुहुन्छ, आज पनि कुनै पनि कार्यक्रममा जानुहुन्न’, स्रोतले भन्यो।
चिसोले घाँटी समातेका कारण प्रधानमन्त्री ओलीलाई बोल्न गाह्रो भइरहेको छ।
‘उहाँलाई बोल्नै अप्ठेरो भइरहेको छ, राति ढिलासम्म बसेर चिसा खानेकुरा पर्यो, त्यसले साइडइफेक्ट गर्छ कि भनेर डाक्टरको निगरानीमा बस्नुभएको हो’, स्रोतले भन्यो।
स्वास्थ्य ठीक नभएकै कारण प्रधानमन्त्री ओली बुधबार पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुन सकेनन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली गत मंगलबार राति पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।
Shares

प्रतिक्रिया