राजनीति


विपक्षी दलले भने– ‘थ्रेसहोल्ड’का नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको छैन

विपक्षी दलले भने– ‘थ्रेसहोल्ड’का नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको छैन

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १६:०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ७ विपक्षी राजनीतिक दलले ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले नगरेको भन्दै सरकारलाई त्यसतर्फ नलाग्न चेतावनी दिएका छन्। 

शुक्रबार संसद् भवन बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकपछि जारी संयुक्त वक्तव्यमा फरक मत र विविधताको सम्मान गर्न समेत भनिएको छ। 

‘हाम्रो संविधानले बहुदलीय प्रतिस्पर्धालाई लोकतन्त्रको एक महत्वपूर्ण अन्तरवस्तुका रूपमा आत्मसात गर्दै लोकतन्त्रमा जनमत नै सर्वोपरि हो भन्ने तथ्य स्थापित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,  'थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको छैन तर स्वेच्छाचारी र तानाशाही ढंगले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक-पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो। यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका उपर्युक्त कदमको हामी विरोध गर्दछौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad