मुलहलान्ड ड्राइभ, ट्विन पिक्सजस्ता क्लासिक फिल्म तथा सिरिजका निर्देशक डेविड लिन्चको ७८ वर्षको उमेरमा निधन भएको छ।
उनको परिवारले फेसबुकमार्फत उनको निधनको घोषणा गरेको हो। गत वर्ष अगस्टमा उनले आफू फोक्सोको रोगसँग जुधिरहेको बताएका थिए।
आफ्नो करिअरमा उनले तीनपटक उत्कृष्ट निर्देशक विधामा ओस्कर मनोनय प्राप्त गरेका थिए। ती फिल्म थिए, ब्लु भेलभेट, दि एलिफन्ट र मुलहलान्ड ड्राइभ।
उनले १९९० मा वाइल्ड हार्टका लागि कानमा पाम डिओर जितेका थिए।
निर्देशक स्टिभन स्पिलबर्गले उनलाई ‘एकल, भिजनरी स्वप्नद्रष्टा’ भनेका छन्। जसको फिल्म हातैले बुनेजस्तो लाग्ने र तिनमा मौलिक र अनौठो भोइस हुने उनको भनाइ छ।
अर्का निर्देशक रन हावर्डले उनलाई आफ्नो मनलाई सुन्ने निडर कलाकार भनेका छन्। एजेन्सी
93
Shares

प्रतिक्रिया