नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अब दुई दिन पार्टी केन्द्रीय कार्यालयमा गएर नेता, कार्यकर्ताहरूको गुनासो सुन्नुपर्ने भएको छ।
‘मन्त्रीहरू अब सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पनि पुग्नुहुनेछ,’ बैठकका निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘त्यहाँ नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ, गुनासा सुन्नु हुनेछ। अन्य पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुनुहुनेछ।’
घिमिरेले वडा, पालिका, जिल्ला, प्रदेशबाट पार्टीका निकायमा आउने गुनासा तथा मागलाई केन्द्रित गरी महिनामा एक पटक केन्द्रीय कार्यालय सानेपामा छलफलसमेत गरिने जानकारी दिए।
वर्तमान सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री सहभागी छन्।
Shares

प्रतिक्रिया