खेल


जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

नेपालखबर
माघ ३, २०८१ बिहिबार १४:२९, काठमाडौँ

जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। 

उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो। पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो। 

पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४.२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने। 

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए। 

आर्मीले पहिलो इनिङमा १७० रन बनाउँदै ३७ रनको अग्रता लिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३ रन जोडेको थियो। 

कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडेका थिए। अमित श्रेष्ठले २० रन र राशिद खानले १० बनाए। 
आर्मिका साहब आलमले ७ विकेट लिँदा सोमपाल र बसिरले समान १ विकेट लिए। 

पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए। यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए। 

तर यसअघिको प्रधानमन्त्री कपमा भिडेकै दुई विभागीय टोली पुनः फाइनलमा पुगेका हुन्। पुलिसले लगातार उपाधि उचालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad