प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाले सिफारिस गरेकामध्य भूमीसम्बन्धी अध्यादेश जारी गर्न बाँकी रहेको भन्दै त्यसलाई राष्ट्रपतिबाट रोकिएको भन्नु अपव्याख्या भएकाे टिप्पणी गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कति मसान्तकै दिन भ्याउनुभयो। कुनै अध्यादेश बाँकी भयो। भूमिसम्बन्धी अध्यादेश बाँकी रहेकोलाई रोकियो भन्ने त्यो शब्द नै मिलेन। अपव्याख्या हो।’
राष्ट्रपतिले अध्यादेश अध्ययन गर्न समय लिनु स्वभाविक रहेको ओलीको भनाइ छ। ‘मैले अस्ति यतिवटा अध्यादेश जारी भए, यतिवटा अध्यादेश राष्ट्रपतिबाट रोकिए भन्ने सुने, उनको भनाइ छ, ‘एकपटक नपढीकन राष्ट्रपतिले जारी गर्नुपर्छ भन्ने होइन। राष्ट्रपतिले अध्ययन त गर्नुहुन्छ नि। अध्ययन गर्न लगाउनुहुन्छ। आफूले अध्ययन गर्नुहुन्छ। त्यसपछि उहाँले जारी गर्नुहुन्छ त्यसलाई।’
ओलीले अध्यादेशबारे नेपाली कांग्रेसका सभापतिलाई समेत हुँदै नभएको विज्ञप्ति आएको भनेर भ्रम छर्ने काम भएको बताए।
Shares

प्रतिक्रिया