राजनीति


देउवाले बुढानीलकण्ठमा बोलाए मन्त्री र सांसदसहितको बृहत बैठक

देउवाले बुढानीलकण्ठमा बोलाए मन्त्री र सांसदसहितको  बृहत  बैठक

नेपालखबर
माघ २, २०८१ बुधबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन्। 

बैठक भोलि (बिहीबार) बिहान ८ बजे देउवानिवास बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। ‘मन्त्री र सांसदसँग छलफल गर्न सभापतिले बैठक बोलाउनु भएको छ,’ उनले भने, ‘धेरैपछि यस्तो बैठक बस्दैछौं।’ 

वर्तमान सरकारमा उपप्रधानसहित १० जना मन्त्री र २ राज्यमन्त्रीले नेपाली कांग्रेसको तर्फबाट रहेका छन्। उनीहरु बैठकमा उपस्थित हुनेछन्।

त्यस्तै नेपाली कांग्रेसका विधान अनुसार संसदीय दल कार्य समितिमा दलका नेता, उपनेता, राष्ट्रिसभा दलको नेता, प्रत्येक प्रदेशमा सांसदहरुमध्यबाट निर्वाचित एक–एक जनागरी ७ जना, सभापतिले समावेशी प्रतिनिधित्व हुनेगरी नियुक्त गर्ने १५ जना सदस्य रहन्छन्।

त्यस्तै पार्टीका महामन्त्री पदेन सदस्यका रुपमा बैठकमा उपस्थित हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad