ad ad

राजनीति


कोरोना नियन्त्रण गर्न अमेरिकाको २१ करोड सहयोग

कोरोना नियन्त्रण गर्न अमेरिकाको २१ करोड सहयोग

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ६:५१,

अमेरिकाले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि २१ करोड १६ लाख रुपैयाँ (१८ लाख अमेरिकी डलर) सहयोग गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार कोरोना रोकथामबारे समुदायलाई शिक्षित गर्न एवं कोरोनाविरुद्धको प्रतिकार्यलाई सशक्त बनाउन सो सहयोग प्रदान गरिएको हो।

‘रकम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को एक हिस्सा हो’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘कूल रकममध्ये करिब १३ कोभिड–१९ को रोकथामबारे समुदायलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानबारीविरुद्ध स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ।’

यसअघि अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको थियो। यो रकम सो सहयोग बाहेकको भएको दूतावसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .