ad ad

समाज


कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ६:४१,

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले ६ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ।

कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ। अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ।

अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १००।४ डिग्री ज्वरो आएको पाइएको छ। ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए। उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए।

भट्टराईका अनुसार संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो। त्यसैगरी संक्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ। प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। यसैगरी संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .