राजनीति


सिंहदरबारमा सुरु भयो विपक्षी दलहरूको बैठक

सिंहदरबारमा सुरु भयो विपक्षी दलहरूको बैठक

नेपालखबर
माघ २, २०८१ बुधबार १०:१६, काठमाडौँ

संसद्का विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। 

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेता समभागी छन्।

जारी बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महीन्द्र यादव तथा आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।    

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्।

कांग्रेस-एमाले गठबन्धन सरकारले जनप्रिय काम नगरेको विपक्षी दलहरूको आरोप छ। 

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो। 

त्यस क्रममा उनीहरूले समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad