हिजो घटेको सुनचाँदीकै मूल्य आज फेरि बढेको छ। हिजो प्रतितोला आठसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन तोलाको एक लाख ५५ हजार चारसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ५५ हजार रुपैयाँ थियो।
पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो घटेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। हिजो मूल्य घटेर प्रतितोला एक हजार आठसय २० रुपैयाँमा झरेको चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया