राजनीति


रवि लामिछानेको थुनछेक बहस आज पनि, जाहेरवालाले सकेपछि मात्र प्रतिवादीको पालो

रवि लामिछानेको थुनछेक बहस आज पनि, जाहेरवालाले सकेपछि मात्र प्रतिवादीको पालो

रवि लामिछाने (बायाँ), न्यायाधीश माधवप्रसाद अधिकारी (माथि) र लामिछानेका पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त।


नेपालखबर
माघ २, २०८१ बुधबार ९:५५, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज (बुधबार) पनि निरन्तरता पाउने भएको छ। 

यही पुस २७ गते आफैँ काठमाडौँ जिल्ला अदालत उपस्थित भई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेबारे पुस २८ (सोमबार) देखि थुनछेक बहस जारी छ। 

लामिछानेविरुद्ध सोमबार सरकारी र जाहेरवालातर्फका वकिलले बहस गरे। 

जाहेरवालातर्फको बहस बाँकी रहेकाले आज सुरुमा उनीहरूकै वकिलले बहस गर्ने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। 

‘जाहेरवालातर्फकै केही बहस बाँकी रहेकाले आज सुरुवात उनीहरूबाटै हुन्छ’, सूचना अधिकारी चन्दले नेपालखबरसँग भने, ‘यसपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन्छ।’

मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले लामिछानेबारेको थुनछेक बहसले फेरि आजदेखि निरन्तरता पाउने भएको हो।

अहिलेसम्म सरकारी वकिलका तर्फबाट खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरे भने जाहेरवाला पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे। 

पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने तयारी छ। 

अदालतका सूचना अधिकारी चन्दको भनाइअनुसार सम्भवत: आज उनीहरूले बहस गर्ने पालो पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad