काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले सातसय २० जना शिक्षकलाई तालिम दिँदैछ।
नगरक्षेत्रका सामुदायिक र निजी विद्यालयमा विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र एकीकृत पाठ्यक्रम विषयमा भोलिदेखि तालिम आयोजना गर्न लागिएको महानगरले जनाएको छ।
‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गरेर नतिजा सुधार गर्ने लक्ष्यसहित तालिम सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
बिहीबारदेखि सञ्चालन हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ। तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिङ्कबाट आवेदन गर्न सकिनेछ।
तालिम माघ सात गतेसम्म सञ्चालन हुनेछ।

114
Shares

प्रतिक्रिया