राजनीति


मन्त्रिपरिषद्‌ बैठक साँझ बस्दै, नेपाल प्रहरीमा बढुवाको निर्णय हुने

मन्त्रिपरिषद्‌ बैठक साँझ बस्दै, नेपाल प्रहरीमा बढुवाको निर्णय हुने

फाइल तस्बिर: मन्त्रिपरिषद् बैठक


नेपालखबर
पुस २६, २०८१ शुक्रबार ११:१२, काठमाडौँ

मन्त्रिपरिषद्‌को बैठक आज (शुक्रबार) बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

आजको बैठकले सरकारका नियमित काम/कारबाहीका अलावा २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा र ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्ने निर्णय पनि गर्नेछ।

यसअघि पुस १७ गते बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। 

यस्तै पुस १८ गते बसेको बढुवा समितिको बैठकले एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad