राजनीति


नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस

नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस

नेपालखबर
पुस १८, २०८१ बिहिबार २०:१७, काठमाडौँ


नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिले हालै यो सूची प्रकाशित गरेको छ।

ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिसमा परेका हुन्।

पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्।

अर्जुन चन्द ठकुरी डीआईजीबाटै अवकास भएपछि एउटा दरबन्दी रिक्त भएको थियो। बाँकी चार डीआईजी भने एआईजीमा बढुवा भएका थिए। दुर्गा सिंह र भरतबहादुर एआईजीमा बढुवा भएपछि अरु दुई वटा पद रिक्त भएका थिए। बोहरा भने एआईजीबाटै अवकास भइसकेका छन्।

यस्तै कुवेर कडायत र रविन्द्र केसी एआईजी बढुवामा सिफारिस भएपछि उक्त स्थानमा पनि बढुवा गर्न लागिएको हो।

डीआईजीमा बढुवा भएका पाँचै जना २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad